अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:०७ | Colorodo: 15:22

प्रधानमन्त्री ओली सडकमा नाङ्गै हिंडेको कांग्रेस नेता गगन थापाको आरोप

बिआरटीनेपाल २०७७ मंसिर २९ गते ६:४१ मा प्रकाशित

नेपाली कांग्रेसका सांसद एवं नेता गगन थापाले प्रधानमन्त्री केपी ओलीसहित नेकपाका तीन शीर्ष नेतामाथि गम्भीर आरोप लगाउनुभएको छ ।कांग्रेसले गरेको देशव्यापी प्रदर्शनका क्रममा सम्बोधन गर्न कैलाली पुग्नुभएका थापाले प्रधानमन्त्री ओली सडकमा नाङ्गै हिंडिरहेको आरोप लगाउनुभएको हो ।

थापाको भनाइ थियो, ‘प्रधानमन्त्री नाङ्गै सडकमा हिँडिरहनु भएको छ । हामीले भन्दा लागेन । अहिले प्रचण्ड र माधव नेपालले पनि भनिरहनुभएको छ ।’

थापाले प्रधानमन्त्री ओलीलाई सहयोग गर्ने प्रचण्ड र माधव नेपाल नाङ्गै भएको आक्षेप लगाउँदै भन्नुभयो, ‘प्रधानमन्त्री ओलीलाई कहिले अगाडि त कहिले पछाडि बोक्दा उहाँहरूले आफू पनि नाङ्गिएको थाहा पाउनुभएन ।’भ्रष्टाचारी खोज्न बालुवाटार र सिंहदरबारमा गए पुग्ने भन्दै थापाले सरकारले कोरोना नियन्त्रण तथा रोकथाममा कामै गर्न नसकेको टिप्पणी गर्नुभयो ।

किसानलाई मलसम्म उपलब्ध गराउन नसकेकामा सरकारको तीब्र आलोचना गर्दै थापाले यसैका कारण हजाराँैं युवा ऋणमा डुब्नु परेको उल्लेख गर्नुभयो । थापाले सुदूरपश्चिम प्रदेश सरकार र मुख्यमन्त्रीको पनि आलोचना गर्दै जनअपेक्षाअनुसार काम नगरेको टिप्पणी गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू