अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:५१ | Colorodo: 05:06

नेपाली कांग्रेसद्धारा सरकारविरुद्ध देशैभर प्रदर्शन, भ्रष्टाचार र कुशासनविरुद्ध खबरदारी

बिआरटीनेपाल २०७७ मंसिर २९ गते ६:३१ मा प्रकाशित

नेपाली कांग्रेसले एक साथ आज देशैभर सरकारविरुद्ध प्रदर्शन गरेको छ ।सभापति शेरबहादुर देउवाको नेतृत्वमा कांग्रेसले देशको ७७ वटै जिल्लामा एक साथ सडक प्रदर्शन गरेको हो । भ्रष्टाचार, कुशासन र अधिनायकवादी आकांक्षामा सरकार लिप्त रहेकालाई खबरदारीका लागि प्रदर्शनमा उत्रनु परेको कांग्रेसले जनाएको छ । सडक देखि संसदसम्म सरकारलाई तीब्र दबाब दिने भन्दै कांग्रेसले देशैभर प्रदर्शन गरेको हो ।

लामो समय मौन रहेको कांग्रेस कोरोना महामारीको बढ्दो संक्रमणकै क्रममा पनि सडक प्रदर्शनमा उत्रिएको हो । कोरोना महामारी नियन्त्रणका लागि खरिद गरिएको स्वास्थ्य सामग्रीसमेतमा भ्रष्टाचार गरेर सरकारले असंवेदनशीलताको पराकाष्ठा नाघेको भन्दै कांग्रेसले सडकमा उत्रन आफ्ना नेता कार्यकर्तालाई आह्वान गरेको थियो ।

प्रधानमन्त्रीले केन्द्रकरण गरेको, अनेकन जनविरोधी विधेयकमार्फत जनताका अधिकार कुल्चँदै अधिनायकवादी बाटोमा अघि बढेको आरोप कांग्रेसले नेकपा नेतृत्वको केपी ओली सरकारमाथि लगाएको छ । महिला हिंसाप्रति सरकार पटक्कै संवेदनशील नभएको भन्दै कांग्रेसले महिला हिंसा र बलात्कार व्यापक हुँदा पनि सरकार असंवेदनशील बनेको अरोाप पनि लगाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू