अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:५२ | Colorodo: 03:07

“सरकार विरोधी शक्तिहरु सक्रिय भए” -गृहमन्त्री थापा

बिआरटीनेपाल २०७७ मंसिर २९ गते ६:२९ मा प्रकाशित

नेपाल सरकारका गृहमन्त्री रामबहादुर थापाले व्यवस्था विरोधी, संविधान विरोधी र सरकार विरोधी शक्तिहरु सक्रिय भएको बताउनुभएको छ । सोमबार चितवनको भरतपुर विमानस्थलमा पत्रकारहरुसँग कुराकानी गर्दै गृहमन्त्री थापाले कोभिडका कारण उत्पन्न भएको संकटबाट संविधान विरोधी र अहिलेको व्यवस्था विरोधीहरु सक्रिय भएको बताउनुभएको हो ।

मन्त्री थापाले अहिलेको प्रणाली र संविधानलाई नै उल्ट्याउने अवसर आएको निष्कर्ष सहित राजावादीहरु समेत सक्रिय भएको आरोप लगाउनुभयो । सरकार विरोधीहरुले सरकारलाई विस्तापित गर्न सकिन्छ की भन्ने प्रयास गरिरहेको पनि उहाको भनाई थियो । प्रमुख प्रतिपक्षी दलले समेत सरकार उल्ट्याउन देशव्यापी रुपमा सरकार विरोधी प्रदर्शन गरेको थापाको जिकिर थियो । तर पनि सरकारलाई कसैले विस्तापित गर्न नसक्ने उहाँले दावी गर्नुभयो ।

एक फरक प्रसंगमा मन्त्री थापाले पार्टीभित्र देखिएको अन्तरविरोध स्वभाविक भएको बताउनुभयो । पार्टीभित्र बसेर सरकारलाई कमजोर बनाउने काम भइराखेको अवस्थामा स्थायी कमिटी बैठक बसेको र त्यहीबाटै समस्या समाधान हुने उहाको भनाई छ । । गृहमन्त्री थापाले पार्टी फुट्ने भन्दापनि थप मजबुत बनेर जाने दावी गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू