अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:४१ | Colorodo: 09:56

गौतम बुद्ध क्रिकेट – वाग्मतीलाई हराउँदै राप्ती फाइनलमा

बिआरटीनेपाल २०७७ मंसिर २८ गते ७:११ मा प्रकाशित

गौतम बुद्ध कप क्रिकेट प्रतियोगितामा वाग्मतीलाई हराउँदै राप्ती फाइनलमा पुगेको छ ।भरतपुरमा निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको नमुना मैदानमा राप्तीले वाग्मतीलाई ११ रनले हरायो । एक सय ३० रनको लक्ष्य पछ्याएको वाग्मती दुई बल बाँकी छदै अलआउट भयो ।

वाग्मतीका सोमपाल कामीले सर्वाधिक ३५ रन बनाए । यस्तै अनिल शाहले २२ रन जोडे । रोहित पौडेल र ज्ञानेन्द्र मल्लले समान १३–१३ रन बनाउँदा सुनिल धमलाले ११ रनको योगदान गरे । राप्तीका कमल सिंह ऐरी, अविनास बोहरा र वसन्त कार्कीले समान दुई–दुई विकेट लिए । राप्तीले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर एक सय २९ रन बनाएको थियो ।

जितसँगै राप्ती एक खेलअघि नै फाइनलमा पुगेको छ । हारपछि वाग्मती भने प्रतियोगिताबाटै बाहिरिएको छ । अब राप्तीले फाइनलमा मङ्गलबार नारायणी टिमसँग खेल्नेछ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू