अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:१० | Colorodo: 03:25

पेट्रोलियम पदार्थको मूल्य बढ्यो

बिआरटीनेपाल २०७७ मंसिर २८ गते ७:१० मा प्रकाशित

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ। शनिबार राति १२ बजेबाट लागू हुनेगरी पेट्रोलमा एक रुपैयाँ र डिजेल तथा मट्टितेलमा दुई रुपैयाँले मूल्य बढेको निगमले जनाएको छ।निगमका अनुसार भारतीय आयल कर्पाेरेशनले डिसेम्बर १ मा मूल्य बढाएर पठाएकाले निगमले पनि मूल्य बढाउनु परेको हो।

भारतले गत डिसेम्बर १ मा पेट्रोल र डिजेलमा प्रतिलिटर ४र४ रूपैयाँ बढाएर पठाएको दाबी निगमको छ । नयाँ मूल्यअनुसार पेट्रोलको खुद्रा बिक्री मूल्य १०८ रुपैयाँ पुगेको छ भने डिजेल तथा मटितेलको मूल्य ९१ रुपैयाँ पुगेको निगमले जानाएको छ ।

प्रतिक्रिया