अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:०३ | Colorodo: 05:18

हेम सरिता पाठक फाउन्डेसनको सूचना

बिआरटीनेपाल २०७७ मंसिर २७ गते २१:०३ मा प्रकाशित

एक हजार डलरको भ्रष्टाचार विरुद्धको गीत प्रतियोगिताको समय २०७७ फागुन १५ सम्म थप गरिएको छ । यसअगि २०७७ मङ्सिर मसान्तसम्म तोकिएको थियो ।

हेम सरिता पाठक फाउन्डेसनले एक हजार डलरको “भ्रष्टाचार विरुद्धको गीत प्रतियोगिता” गर्ने जनाएको छ । उत्कृष्ट शब्दलाई यो प्रतियोगितामा पुरस्कृत गरिने र प्रतियोगिताको समय आगामी २०७७ फागुन १५ गतेसम्म तोकिएको संयोजक राधेश्याम लेकालीले प्रेषित गर्नु भएको पत्रमा उल्लेख गर्नु भएको छ ।

अमेरिकामा बसोबास गर्दै आउनु भएका समाजसेवीहरू हेम पाठक र सरिता पाठकले सो रकमको व्यवस्था गर्नु भएको हो । यसअगि पनि एक हजार डलरको “भ्रष्टाचार विरुद्धको कविता प्रतियोगिता” घोषणा भइसकेको छ ।

फाउन्डेसनले पत्रकारिताका अलावा सङ्गीत र साहित्यमा पुरस्कारहरू प्रदान गर्दै आएको छ । यस्तै नेपालमा स्कुल सञ्चालन, विपन्नबर्गको लागि घर निर्माण र आयमूलक कार्यक्रमको लागि रकम अनुदानसमेत उपलब्ध गराउँदै आएको छ ।

गीत प्रतियोगिताको सूचना :
भ्रष्टाचार विरूद्घको अन्तर्राष्ट्रिय गीत प्रतियोगिताको सूचना:

गीतको विषय सन्दर्भ :
भ्रष्टाचार विरुद्ध चेतना जगाउने खालको हुनुपर्नेछ । यस प्रतियोगितामा भाग लिन गीत पठाउने नियम यस प्रकार छन् :

१.आफ्नो गीत इमेल मार्फत पठाउनुपर्नेछ ।
२.गीत रेकर्ड गरेको हुनुपर्नेछ ।
३. कुनै पनि राजनैतिक पूर्वाग्रह र गालीगलौज, साम्प्रदायिक भावनालाई प्रोत्साहित गर्ने विचारहरू र अश्लील शब्दको प्रयोग गरिएको पाइएमा त्यस्ता गीतहरू स्वतः अस्वीकृत हुनेछन् ।
४. एक जना गीतकारले एउटा मात्र गीत पठाउन सक्नेछन् । एकभन्दा बढी आएमा स्वतः बदर हुनेछन् ।
५. गीत नितान्त नयाँ र मौलिक हुनुपर्नेछ । गीतकारले आफ्नो रचनाका साथमा आफ्नो छोटो परिचय, पासपोर्ट साइजको फोटो र सम्पर्क ठेगाना पनि पठाउनुपर्नेछ ।

६. प्रतियोगिताका लागि प्राप्त गीतमा अरू कसैको गीतको अंश या नक्कल गरिएको पाइएमा स्वतः अस्वीकृत हुनेछ ।
७. प्रतियोगिताको निर्णयमा कुनै पनि विवाद आएमा अन्तिम निर्णय संयोजकको रहने छ ।
८. गीत प्राप्त हुनुपर्ने अन्तिम दिन २०७७ फागुन १५ गतेसम्म हुनेछ।
९. पुरस्कार : नगद १०००/- यु.एस.डलर (प्रमाणपत्रसहित) हुनेछ ।
१०. यो प्रतियोगिता उत्कृष्ट शब्दको लागि मात्र हुने स्पष्ट गरिन्छ ।

सम्पर्क :
Email : hemsaritapathak@gmail.com
Phone No : 9851059354

आयोजक: हेम सरिता पाठक फाउन्डेसन

भवदीय,
राधेश्याम लेकाली
संयोजक
भ्रष्टाचार विरूद्घ गीत प्रतियोगिता तयारी समिति

प्रतिक्रिया