अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:३० | Colorodo: 04:45

छोराको संयोजनमा आमाको स्वर

बिआरटीनेपाल २०७७ मंसिर २७ गते २०:२६ मा प्रकाशित

कोलोराडो । साना-हुन्जेलसम्म बाबु-आमा, सधैँ छोरा-छोरीका वरिपरि हुन्छन् । पछिको कुरा सोच्दा छोरा-छोरीले पनि आफूले गरेकै काम गरे हुन्थ्यो भन्ने पनि मनमा लिँदा हुन् । त्यसो त छोरा-छोरीले बाबु-आमाकै बाटो पछ्याएको प्रशस्त देखिन्छ । त्यसमा पनि गीत-सङ्गीतको संसारमा यस्तो धेरै नै छ ।

गायिका सीमा पोखरेल कार्की, सानैदेखि गायनमा सङ्घर्ष गर्दै आएको नाम । स्वर-सम्राट् नारायण गोपालकै एकल कार्यक्रममा पनि उनले साथ दिएको धेरैलाई थाहै छ । हो, सानै देखिको काममा भएको मान्छेको मोह कहाँ त्यसै हटेर जाँदो रहेछ र !? एउटा भए पनि गाउँछु, सकभर राम्रो बनाउँछु, जस्तो भए पनि गाउँछु, भन्दाभन्दै केही दर्जन गीत बनिहाल्छन् । यही क्रममा सीमाले पछिल्लो पटक ल्याएकी छन्, “उल्टो आकाश”

“तिमीले तिमीले लेख्न बाँकी रहेको किताब
म हरेक साँझ पढ्छु
तिमीले गाउन नसकेको गीत
म हर दिन गुनगुनाउँछु”

यस्ता मीठा लहरको उक्त गीतमा आमा-छोराको प्रयास देख्न पाइन्छ । रचना आकाशको यो गीतमा सीमाका १६ वर्ष छोराले रिसानले संयोजन गरेका छन् । सीमाले ४ मिनेट २ सेकेन्डको उक्त गीत युट्युबले राखेकी छन् र गीतका लागि घरबाहिरका दृश्यहरू भने मिना शर्माले कैद गरेकी हुन् ।

सीमाले यसअघि धेरै भजनहरू पनि ल्याएकी छन् । विशुद्ध पारिवारिक भिडियो, गीत, भजन आदि बनाउँदै राख्ने गरेको उनी बताउँछिन् । युट्युबमा उनका ३५ हजार फलोवर्सहरू छन् । गायनमा लाग्दै आएकी सीमाले घरमा बनाएको स्टुडियो गीत-सङ्गीत साधना र निर्माण गर्ने थलो भएको छ ।

पेसामा स्वास्थ्य सेवी भए पनि गीत-सङ्गीतमा उनले ३ दशकभन्दा बढी समय पूरा गरिसकेकी छन् । कोलोराडो निवासी सीमा र उनका सुपुत्रको सहकार्यका अरू गीत-सङ्गीतको आशा गरिन्छ ।

गीत:

प्रतिक्रिया