अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:५९ | Colorodo: 09:14

राष्ट्रपति चुनावको नतिजा उल्ट्याउने ट्रम्पको प्रयासमा फेरि धक्का, चार राज्यको मत बदरको माग सर्वोच्चद्वारा खारेज

बिआरटीनेपाल २०७७ मंसिर २७ गते ६:३८ मा प्रकाशित

आफू पराजित भएको चुनावी नतिजा आफ्नो पक्षमा उल्ट्याउने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प असफल फेरि विफल भएको छ ।ट्रम्पको समर्थनमा टेक्सास राज्यले दायर गरेको मुद्दामा सर्वोच्च अदालतले खारेज गरिदिएको हो ।टेक्सासका महान्यायाधिवक्ताले गत नोभेम्बर ३ को राष्ट्रपति चुनावमा जो बाइडेन विजयी चार ब्याटलग्राउण्ड राज्य जर्जिया, मिसिगन, पेन्सिलभेनिया र विसकन्सिनको नतिजा अवैध घोषणा गर्न माग गरी सर्वोच्च अदालतमा गत हप्ता हालेको मुद्दा खारेज गरिदिएको हो ।

उक्त मुद्दामा १८ राज्यका महान्यायाधिवक्ता र १०६ रिपब्लिकन सांसदले समर्थन गरेका थिए । तर सर्वोच्च अदालतले टेक्सास राज्यसँग यस्तो मुद्दा ल्याउने कानूनी अधिकार नरहेको भन्दै खारेज गरिदिएको हो ।सर्वोच्च अदालतले अर्को वा अरु राज्यको चुनावका सम्बन्धमा मुद्दा ल्याउँने कानूनी आधार नभएको जवाफ पनि दिएको छ ।

यसअघि गत मंगलबार पनि सर्वोच्चले ट्रम्पको चुनावी अभियान तथा रिपब्लिकनहरुले पेन्सिलभेनियामा बाइडेनको जितलाई आधिकारिकता प्रदान नगर्न माग गर्दै दायर गरेको मुद्दा खारेज गरेको थियो ।३ नोभेम्बरमा भएको राष्ट्रपति निर्वाचनमा जीतका लागि चाहिने २७० इलेक्टोरल कलेज मतमा बाइडेनले ३०६ इलेक्टोरल कलेज मत पाउनु भएको छ भने ट्रम्प २३२ मतमा सीमित हुनुभएको छ । बाइडनले देशभरबाट ट्रम्पले भन्दा ७० लाख बढी लोकप्रिय मत पाउनु भएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू