अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:२३ | Colorodo: 16:38

‘राजनीतिक व्यवस्थाको विरोध गर्ने ठाउँ सडक होइन’

बिआरटीनेपाल २०७७ मंसिर २७ गते ६:२८ मा प्रकाशित

मुलुकको राजनीतिक व्यवस्थाको विरोधमा सडकबाट विकल्प खोज्न नहुने सरोकारवालाहरुले औंल्याएका छन् । पूर्व राज्यमन्त्री ओमकारप्रसाद गौचनको शोकसभामा सहभागी वक्ताहरुले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाको विरोधमा केही समयदेखि सडकमा विरोध प्रदर्शन भएपनि त्यसको विकल्प नभएको बताएका हुन् ।

नेकपाका सांसद देवेन्द्र पौडेलले संघीय लोकतान्त्रिक व्यवस्था ल्याउन योगदान नगरेकहरुले गरेको विरोधले लोकतन्त्रको विकल्स सोच्न नसकिने बताउनुभएको हो ।उहाँले नयाँ व्यवस्थामा जाँदा जनअपेक्षा अनुसार काम नभएपनि सुधार गरेर जानुपर्ने बताउनुभयो । कार्यक्रममा वरिष्ठ अधिवक्ता रमन श्रेष्ठले राजनीतिमा नयाँ पुस्ताको वितृष्ण बढ्नु चिन्ताको विषय भएको बताउनुभयो ।

उहाँले राजनीतिलाई कमाइ खाने भाँडोको रुपमा मात्र उपयोग गर्दा राजनीतिक उपलब्धीहरु गुम्ने खतरा रहेको औंल्याउनुभयो ।बाग्लुङका पूराना नेता तथा पूर्वमन्त्री गौचनको यही असोज २६ गते काठमाडौंमा निधन भएको थियो ।उहाँले बाग्लुङमा विद्यालय र पुस्तकाल निर्माण गरेर पञ्चायती व्यवस्था अघि नै जिल्लामा शिक्षादीक्षाको सुरुवात गर्नुभएको थियो ।

लुम्बिनी विकास कोषको उपाध्यक्ष भएर मायादेवीको मन्दिर निर्माण सम्पन्न गराउनुभएका गौचनले सरकारले विनियोजन गरेको बजेटबाट २ करोड रुपैयाँ बचत गर्दै मन्दिर निर्माण सम्पन्न गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू