अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:०३ | Colorodo: 05:18

कोरोना संक्रमणबाट पोखरामा थप १ को मृत्यु

बिआरटीनेपाल २०७७ मंसिर २७ गते ६:२७ मा प्रकाशित

पोखरामा कोरोना संक्रमित एक पुरुषको मृत्यु भएको छ । कास्कीको अन्नपूर्ण गाउँपालिका(१ का ७६ वर्षीय कोरोना संक्रमित पुरुषको मृत्यु भएको हो ।

यही मंसिर २५ गते कोरोना संक्रमण पुष्टि भई पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको कोभिड– १९ उपचार केन्द्रमा उपचारकै क्रममा उहाँको निधन भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराका निर्देशक बिनोदबिन्दु शर्माले बताउनुभयो । यस संगै गण्डकी प्रदेशमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १ सय ८२ पुगेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू