अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:०२ | Colorodo: 10:17

नेपालमा कोरोना संक्रमणबाट थप १५ जनाको मृत्यु, ८ सय ९९ जनामा संक्रमण

बिआरटीनेपाल २०७७ मंसिर २७ गते ६:२६ मा प्रकाशित

नेपालमा पछिल्लो २४ घन्टामा कोरोना संक्रमणबाट थप १५ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १ हजार ६ सय ८९ पुगेको छ । गत २४ घण्टामा ५ हजार २ सय ४२ स्वाब नमुनाको ‘पीसीआर’ परीक्षण गर्दा ८ सय ९९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

नयाँ संक्रमित थपिएसंगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ४७ हजार ५ सय ९३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घन्टामा देशभर थप १ हजार ३ सय ५९ जना कोरोनामुक्त भएसँगै नेपालमा हालसम्म कोरोनाको उपचारपछि निको हुनेको संख्या दुई लाख ३४ हजार २३१ पुगेको छ ।

हाल देशभर ११ हजार ६ सय ७३ सक्रिय संक्रमित रहेका मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार अहिले देशभर ५ सय १९ जना क्वारेन्टिनमा रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू