अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:२२ | Colorodo: 16:37

‘समाजवाद उन्मुख राज्य निर्माणको मुख्य जिम्मेवारी र दायित्व कम्युनिष्ट पार्टीको काँधमा’– अध्यक्ष प्रचण्ड

बिआरटीनेपाल २०७७ मंसिर २७ गते ६:२५ मा प्रकाशित

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समाजवाद उन्मुख राज्य निर्माणको मुख्य जिम्मेवारी र दायित्व पनि कम्युनिष्ट पार्टीकै काँधमा भएको बताउनुभएको छ । नेपाली काँग्रेस परित्याग गरी नेकपा प्रवेश गरेकी नेतृ कौसर शाहसहित १ सय ९ जना नेता तथा कार्यकर्तालाई शनिबार दिउँसो पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा स्वागत गर्दै उहाँले सो कुरा बताउनुभएको हो ।

अध्यक्ष प्रचण्डले पार्टी भित्र चल्ने बहस र छलफलहरु त्यही समाजवाद तिरको यात्राका लागि भएको उल्लेख गर्दै मुलुकको आर्थिक नीति कस्तो हुने, कस्ता राजनीतिक मान्यताहरुलाई अवलम्बन गर्दै जाने, कस्तो आचारसंहिता पालना गर्ने, कस्तो विधि विधान र पद्दति स्थापित गर्ने भन्ने नै पार्टिभित्रका बहसका बिषय भएको बताउनुभयो । संघीय लोकतान्त्रिक गणतन्त्रलाई फलाउने, फुलाउने र यस प्रणालीमार्फत देशमा आर्थिक विकासको नयाँ यात्रा तिर आफूहरु अगाडि बढेको प्रचण्डको भनाई छ ।

उहाँले नवआगन्तुकलाई स्वागत गर्दै पार्टीमा योग्यता, क्षमता र अनुभवका आधारमा उचित जिम्मेवारी दिइने र एक भएर उक्त जिम्मेवारी पुरा गर्ने विश्वास दिलाउनुभयो । कार्यक्रममा वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले नेकपा वरिष्ठ नेता माधव कुमार नेपालले संविधानसभा सदस्य रही सकेकी शाहलाई विगतदेखि नै आफ्नै पार्टीको नेता ठान्ने गरेको बताउनुभयो ।

पार्टीमा प्रवेश गर्दै नेतृ शाहले नेपाली काँग्रेसमा गुण्डा पाराले पार्टी भित्र हैकम चलाएकाले आफूले सो पार्टी परित्याग गरेको बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू