अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:५८ | Colorodo: 10:13

“म विरूद्ध षड्यन्त्र भयो”–नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठ

बिआरटीनेपाल २०७७ मंसिर २६ गते ७:४८ मा प्रकाशित

सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रवक्ता नारायणकाजी श्रेष्ठले कोभिड– १९ को संक्रमणले निधन भएका नेकपा नेता कमानसिंह लामाको व्यवसायिक मामिलामा आफूलाई जोडेर चरित्र हत्या गर्न खोजिएको बताउनुभएको छ । लामाले सञ्चालन गर्ने योजना बनाएको प्रोजेक्टमा देखिएको विवाद समाधान गर्न आफुले प्रयास मात्रै गरेको प्रवक्ता श्रेष्ठले स्पष्ट पार्नुभयो ।

आफ्नो लामासंग कुनै आर्थिक आर्थिक लेनदेन र प्रोजेक्टसँग कुनै सम्बन्ध नरहेको उल्लेख गर्दै श्रेष्ठले विवादत बिषयलाई मिलाउन अनुरोध मात्र गरेको बताउनुभयो । आफूले मिलाउन प्रयास गरेको भिडिओ नै सार्वजनिक हुँदा समेत आफुमाथि षडयन्त्रपूर्वक ढंगले आक्रमण भएको उहाँको भनाई छ ।

आफुले कम्युनिष्ट आन्दोलनमा देखिएको भ्रष्टचार र भ्रष्टिकरणका विरुद्धमा मैले आन्दोलन चलाइरहेको उल्लेख गर्दै भिडियो प्रकरण कमजोर पार्ने प्रयास मात्रै भएकोले बिचलित नहुने उहाँले प्रष्ट पार्नुभयो । प्रवक्ता श्रेष्ठ निकट एक नेताका अनुसार सिन्धुपाल्चोकमा याम्बालिङ हाइड्रो कमानसिंह आफैंले दर्ता गरेका थिए। तर परियोजना अघि बढ्न नसक्ने भएपछि लाइसेन्ससमेत खारेज हुने अवस्थामा पुगेको थियो। त्यसपछि लामाले सुसन कर्माचार्यसँग कुराकानी अघि बढाएका थिए।

यसैबिच पूर्वसांसद तथा पूर्वराजदूत कमानसिंह लामासँगको विवादित लेनदेनसम्बन्धी भिडियो टेपबारे याम्बालिङ हाइड्रोपावर कम्पनीले स्पष्टिकरण दिएको छ। उसले कुनै पनि लेनदेनमा श्रेष्ठको संलग्नता नभएको दाबी गरेको छ। शुक्रबार विज्ञप्ति जारी गर्दै कम्पनीले भनेको छ, ‘यस कम्पनीसंग संलग्न नभएको पूर्वउपप्रधानमन्त्री एवं नेकपाका प्रवत्ता नारायणकाजी श्रेष्ठलाई जोडी उहाँको चरित्र हत्या गर्ने उद्देश्यले आएका भ्रामक,कपोलकल्पित एवं राजनैतिक दुरासययुक्त भावनाले सम्प्रेषण हुनु दुर्भाग्यपूर्ण हो।’

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू