अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:१० | Colorodo: 06:25

इजरायल र मोरक्को आपसी तनाव मत्थर पार्न तयार

बिआरटीनेपाल २०७७ मंसिर २६ गते ७:४३ मा प्रकाशित

इजरायल र मोरक्कोबीच कुटनीतिक सम्बन्ध स्थापनाको सहमति जुटेको छ ।संयुक्त राज्य अमेरिकाको मध्यस्थतामा भएको वार्तामा दुवै देश सहमतिका लागि तयार भएको बताईएको छ ।दुई देश कुटनीतिक सम्बन्ध स्थापना गर्दै आपसी तनाव मत्थर पार्न तयार भएको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ट्वीटरमार्फत जानकारी दिनुभयो ।

इजरायलसँग पछिल्लो ४ महिनाको अवधिमा कुटनीतिक तथा भातृ सम्बन्ध सुधार गर्ने मोरक्को चौथो अरब राष्ट्र हो ।यसअघि युएई, बहराइन र सुडानले पनि इजरायलसँग सम्बन्ध सुधारका लागि सम्झौता गरेका छन् ।

अरब राष्ट्रहरुसँग इजराईलको बढ्दो निकटतालाई लिएर प्यालेस्टाईन भने चिन्तित भएको छ ।छिमेकी इजरायलसँग शत्रुतापूर्ण सम्बन्ध रहँदै आएको प्यालेस्टाइनले इजराइलसँग जोडिने अन्य राष्ट्रहरुको निर्णयलाई अरब समुदायमाथि धोका बताउँदै आएको छ । मुस्लिम अरब राष्ट्रहरुसँग सम्बन्ध गाँस्नुभन्दा पहिला इजरायलले आफुसँगको समस्या हल गर्नपर्ने प्यालेस्टाईनी नेताहरुको तर्क छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू