अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:१९ | Colorodo: 05:34

एउटै प्रकृतीका खेल संघहरुलाई गाभिन निर्देशन

बिआरटीनेपाल २०७७ मंसिर २६ गते ७:४१ मा प्रकाशित

युवा तथा खेलकुद मन्त्रालयबाट गठित विवाद समस्या समाधान तथा सहजिकरण समितिले एउटै प्रकृतिका खेल संघहरुलाई गाभिएर एक हुन निर्देशन दिएको छ। राष्ट्रिय खेलकुद परिषद्(राखेप)का उपाध्यक्ष शिव कोईराला संयोजक रहेको समितिको मंसिर २५ गते बसेको पहिलो बैठकले उक्त निर्णय गरेको हो । राखेपमा दर्ता भएका कतिपय संघहरु एउटै प्रकृतिका छन् र खेलाईने नियम पनि एउटै छ ।

समितिले आन्तरिक विबादमा रहेका संघलाई पनि यथा सिध्र विबाद सामाधान गरि खेलकुद विकास ऐन २०७७ तथा सम्बन्धीत संघको ऐन अनुसार कार्यान्वयनमा आउन निर्देशन दिएको छ ।

बैठकले समितिको कार्य संचालन विधि तयार गर्ने निर्णय पनि गरेको छ । संघहरुमा बेला बखत देखिने नितिगत ब्यवस्थापकिय तथा अन्य समस्याहरुलाई दीर्धकालीन रुपमा सामाधान गर्न रणनिति तयार गर्ने निर्णय गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू