अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:३० | Colorodo: 10:45

‘कुनै एक नेताले गल्ती गर्दैमा सबै जनप्रतिनिधिलाई दोषारोपण गर्न हुँदैन’–राष्ट्रियसभा अध्यक्ष तिमिल्सिना

बिआरटीनेपाल २०७७ मंसिर २६ गते ७:३८ मा प्रकाशित

राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राजनीतिमा कुनै व्यक्तिले गल्ती गर्यो भन्दैमा सबै जनप्रतिनिधिलाई दोषारोपण गर्न नहुने बताउनुभएको छ । पत्रकार दुर्गा अधिकारीद्वारा लिखित ‘समाज, सञ्चार र राजनीति’ विषयक लेखसंग्रहको शुक्रबार पोखरामा विमोचन गर्दै उहाँले एउटाले गरेको गल्तीको भागीदार सबैलाई बनाउन नहुने बताउनुभयो ।

केही व्यक्तिले खराब काम गरे भन्दैमा सबै राजनीतिकर्मी खराबै हुन् भनी सञ्चारजगत्ले पनि समाचार प्रकाशनरप्रसारण गर्न नहुने अध्यक्ष तिमिल्सिनाको भनाइ थियो । अर्को एक प्रसंगमा अध्यक्ष तिमिल्सिनाले कोरोना नियन्त्रणका लागि साधन–स्रोतमात्र नभइ सतर्कता जरुरी रहेको बताउनुभयो । उहाँले कोभिड–१९ नियन्त्रणमा ठूला र धनी राष्ट्रलाई समेत हम्मे–हम्मे परेको अवस्थामा नेपालजस्तो गरिब मुलुकले जे–जति नियन्त्रण प्रयास गरेको छ, त्यो सन्तोषजनक रहेको बताउनुभयो ।

अध्यक्ष तिमिल्सिनाले अमेरिकाजस्तो साधन–स्रोतयुक्त मुलुकमा पनि विश्वमै सबैभन्दा धेरै मृत्युदर हुनुले सतर्कताको खाँचो औंल्याएको बताउनुभयो । अधिकारीद्वारा लिखित पुस्तकमा राजनीति, महिला अधिकार, सञ्चारजगत्, समसामयिक घटनाक्रम, सामाजिक विकृति–विसंगतिलगायत विषयवस्तु समेटिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू