अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:२९ | Colorodo: 03:44

युरोपा लिगमा आर्सनलको विजयी यात्रा कायमै

बिआरटीनेपाल २०७७ मंसिर २६ गते ७:३७ मा प्रकाशित

युरोपा लिग फुटबलमा आर्सनलले समुहका सबै ६ खेलमा जित निकालेको छ । समूहको अन्तिम खेलमा गएराति आयरल्याण्डको डुन्डाल्क एफसीलाई ४–२ ले हराउँदै आर्सनलले समूह चरणमा शत प्रतिशत जितको यात्रालाई निरन्तरता दिएको हो ।गएरातिको खेलमा आर्सनललाई विजयी गराउन एन्केतिया, एल्नेनी, विलक र बालोगनले एक एक गोल गरे ।

युरोपा लिगकै अर्को खेलमा इंग्ल्याण्डको टोटनह्याम हट्सपरले बेल्जियमको रोयल एन्ट्रेपलाई २–० ले हरायो ।यसैगरी इंग्याण्डको लेष्टर सिटीले ग्रिसको एईके एथेन्सलाई २–० ले हराउँदा स्कटल्याण्डको रेन्जर्सले पोल्याण्डको लेछ पोयानलाई २–० ले नै पाखा लगायो ।

गएराति एसि मिलान, सेल्टीक, स्पोर्टिङ ब्रागा, होफनहाइम र डाईनामो जाग्रेब पनि विजयी भए । गएराति समूह चरणका खेलहरु सकिएसँगै थप ६ वटा टोली नक आउट चरणमा पुगेका छन् । यो सँगै युरोपा लिग फुटबलमा नक आउट चरणमा पुगने सबै ३२ वटा टोलीहरुको टुंगो लागेको छ ।

प्रतिक्रिया