अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:४२ | Colorodo: 09:57

नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक योहान कालिनद्वारा राजीनामा

बिआरटीनेपाल २०७७ मंसिर २६ गते ७:३३ मा प्रकाशित

नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक योहान कालिनले आफ्नो पदबाट राजीनामा दिनुभएको छ ।उहाँले गत कात्तिक १ गतेदेखि लागू हुनेगरी मुख्य प्रशिक्षकबाट राजीनामा दिनुभएको हो । बिहीबार बसेको अखिल नेपाल फुटबल संघ (एन्फा)को बैठकले कालिनको राजीनामा स्वीकृत गरेको प्रवक्ता किरण राईले जानकारी दिनुभयो ।

हाललाई बालगोपाल महर्जनलाई निमित्त प्रमुख प्रशिक्षकमा नियुक्त गरिएको छ ।कालिन सन् २०१९ मार्च १ मा नेपाली फुटबल टोलीको मुख्य प्रशिक्षक नियुक्त हुनुभएको थियो । उहाँको प्रशिक्षणमा नेपालले ११ खेल खेलेको थियो । कोरोना महामारीपछि कालिन गत वर्ष चैत १४ गते स्वीडेन फर्किनुभएको थियो । त्यसपछि उहाँ नेपाल फर्किनुभएन । उहाँले स्वीडेनबाटै राजीनामा दिएको एन्फाले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू