अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:५२ | Colorodo: 08:07

नेपालमा पछिल्लो २४ घण्टामा ७ हजार ४ सय १४ जनाको कोरोना परीक्षण, १ हजार ४४ जनामा संक्रमण पुष्टि , थप ११ जनाको मृत्यु

बिआरटीनेपाल २०७७ मंसिर २६ गते ७:२८ मा प्रकाशित

नेपालमा पछिल्लो २४ घन्टामा थप १ हजार ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ७ हजार ४ सय १४ जनाको ‘पीसीआर’ परीक्षण गर्दा ६ सय ३३ पुरुष र ४ सय ११ महिलामा संक्रमण देखिएको हो । यो परीक्षणको करिब १४ प्रतिशतमा भएको संक्रमण हो ।

योसँगै देशभर कुल संक्रमितको संख्या दुई लाख ४६ हजार ६ सय ९४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । नेपालमा कोरोनाका कारण थप ११ जनाको मृत्यु भएको छ । देशभर कोरोनाका कारण ज्यान गुमाउनेको संख्या अहिलेसम्म १ हजार ६ सय ७४ पुगेको छ ।

स्वास्थ्य मन्त्रालयले आज सार्वजनिक गरेको विवरणानुसार पछिल्लो २४ घन्टामा देशभर १ हजार २ सय ७१ जना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना निको हुनेको संख्या २ लाख ३२ हजार ८७२ पुगेको छ । हाल देशभर १२ हजार १ सय ४८ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन् ।

हाल देशभर ३ सय १० जनाको आईसीयूमा र ५० जनाको भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू