अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:२६ | Colorodo: 10:41

नेपाली सेफ सन्तोष शाह बीबीसी मास्टर सेफको फाइनल राउण्डमा

बिआरटीनेपाल २०७७ मंसिर २६ गते १:०९ मा प्रकाशित

नेपाली सेफ सन्तोष शाह ‘बीबीसी मास्टर सेफ प्रोफेसनल्स् २०२०’ प्रतियोगिताको फाईनल राउण्डमा प्रवेश गर्न सफल भएका छन् । ‘बीबीसी वान’ प्रसारित सेमिफाइनल राउण्डको प्रतिष्पर्धाको शीर्ष ६ मा स्थान बनाउँदै उनी फाइनल राउण्ड पुगेका हुन् । फाइनल राउण्ड पुगेका प्रतियोगीहरुबीच अन्तिम चरणको प्रतिस्पर्धापछि आउंदो साता विजेता घोषणा हुनेछ ।

विश्व प्रतिष्ठित मास्टर सेफ यूकेको फाइनल राउण्डसम्म पुग्ने क्रmममा शाहले मौलिक नेवारी परिकार ‘योमरी’ बनाएर निर्णायकहरुको मन जितिसकेका छन् । शाहले प्रतियोगितामा निर्णायकको आग्रहमा चिकन चिल्ली, हट एण्ड साओर सुप, क्रिस्पी नूडल्स लगायतका इन्डो चाइनिज परिकारहरु पनि तयार गरेका थिए ।

सिरहा जिल्लाको कर्जन्हाका स्थायी बासिन्दा घर भएका सन्तोष अहिले लण्डनमा मिसेलिन स्टार सेफहरुद्वारा संचालित रेष्टुरेन्टमा कार्यरत् छन् । बीबीसी मास्टर सेफमा नेपाली खाना लिएर सहभागी हुने सन्तोष अहिलेसम्मकै पहिलो नेपाली सेफ हुन् । ‘मास्टर सेफ’ लाई आफ्नो जीवनकै अद्भूत र उपलब्धिमुलक यात्रा मान्ने सन्तोषले मौलिक नेपाली खानाको प्रवर्द्धनमा निरन्तर जुटिरहने बताउँछन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू