अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:३५ | Colorodo: 09:50

अनेसास बोस्टनमा नयाँ समिति

बिआरटीनेपाल २०७७ मंसिर २५ गते ९:०७ मा प्रकाशित

बोस्टन, अमेरिका । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज बोस्टन च्याप्टरको नयाँ कार्यसमिति गठन भएको छ । साहित्यकार दीपा राई पुनको अध्यक्षतामा गठित समितिमा सुशील नेपाल (वरिष्ठ उपाध्यक्ष), विजय शर्मा पौडेल (उपाध्यक्ष), मनोज आचार्य(उपाध्यक्ष), अभि गजुरेल(सचिव ), प्रकाश खड्का (सह सचिव), मनोहर धिताल(सह सचिव), ममता कर्माचार्य(कोषाध्यक्ष) निर्वाचित भएका छन् । यसै गरी सदस्यहरूमा महेश्वर पन्त, शान्ति जोशी, वालकृष्ण सुवेदी, जयराम रेग्मी र नवीन उप्रेती निर्वाचित भएका छन् ।

च्याप्टरका अध्यक्ष यम पौडेलको सल्लाह र हरि काफ्लेको संयोजकत्वमा गोवर्ध्दन पूजा, लालगोपाल सुवेदी, डा. उषा शर्मा र मिलन गुरुङ रहेको निर्वाचन समितिले उक्त जानकारी दिएको हो । नवनिर्वाचित कार्यसमितिको कार्यकाल दुई वर्षको रहने छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू