अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:२४ | Colorodo: 00:39

टि–२० वरीयतामा सन्दीप एक स्थान माथि

बिआरटीनेपाल २०७७ मंसिर २५ गते ७:०३ मा प्रकाशित

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी) ले जारी गरेको नयाँ टि–२० वरीयतामा नेपाली क्रिकेट खेलाडी सन्दीप लामिछाने एक स्थान माथि उक्लिएका छन् ।

आइसीसीले बुधबार सार्वजनिक गरेको वरीयतामा नेपाली खेलाडी लामिछाने बलिङतर्फ एक स्थान उक्लिएर ८० औँ स्थानमा पुगेका छन् । उनले भारतीय खेलाडी रवीन्द्र जडेजालाई पछि पारेका छन् । जडेजा ८१ औँ स्थानमा छन्। यसअघिको वरीयतामा लामिछाने ८१ औँ स्थानमा थिए ।

नयाँ वरीयतामा बे्रथवेट ८२ औँ स्थानमा तथा स्टोक ८५ औँ स्थानमा रहेका छन् । इन्डियन प्रिमियर लिग (आइपीएल)मा कुनै पनि खेल खेल्न नपाएका कारण लामिछानेको वरीयतामा उल्लेख्य सुधार हुन नपाएको बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू