अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:१६ | Colorodo: 19:31

नेपाल र भारतबीच ९ महिनापछि नियमित हवाई उडानको बाटो खुल्यो

बिआरटीनेपाल २०७७ मंसिर २५ गते ७:०३ मा प्रकाशित

नेपाल र भारतबीच ९ महिनापछि नियमित हवाई उडानको बाटो खुलेको छ । नेपाल सरकारले नेपालको एक र भारतको एक वायुसेवा कम्पनीलाई उडानको अनुमति दिने निर्णय गरी सहमतिका लागि भारत सरकारसँग प्रस्ताव गरेको थियो ।

भारत सरकारबाट उक्त प्रस्ताव स्वीकार गरी एयर इन्डियालाई उडानका लागि तोकिएको नेपालस्थित भारतीय दूतावासले जानकारी दिएको छ । दूतावासका अनुसार नेपालबाट नेपाल एयरलाइन्स र भारतबाट एयर इन्डियाले अब नियमित उडान गर्ने भएका छन् । यी एयरलाइन्सले कहिलेबाट उडान सुरु गर्ने भन्ने जिम्मा उनी स्वयम् एयरलाइन्सलाई दिइएको छ । अब नेपालबाट नेपाल एयरलाइन्सले दिल्लीका लागि एक उडान गर्नेछ ।

एयर इन्डियाले दिल्लीबाट काठमाडौंका लागि एक उडान गर्नेछ । यसरी यो रुटमा दैनिक दुई उडान हुने गरी सहमति बनेको छ । भारतको उडान खुलेसँगै अब ९ महिनासम्म रोकिएका यात्रुले नियमित यात्रा गर्न सक्ने भएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू