अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:२५ | Colorodo: 02:40

फेसबुकसहितका सामाजिक सञ्जाल डाउन

बिआरटीनेपाल २०७७ मंसिर २५ गते ७:०२ मा प्रकाशित

नेपालसहित युरोपेली मुलुकमा लोकप्रिय सामाजिक सञ्जाल फेसबुक डाउन भएको छ। फेसबुकको म्यासेन्जर, ह्वाट्सएप र इन्स्टाग्राम पनि डाउन भएका छन्। म्यासेन्जरमा अहिले पनि नो इन्टरनेट कनेक्सन देखाइरहेको छ। बेलायतमा स्थानीय समयानुसार ९ बजे र अन्य युरोपेली मुलुकमा पनि केही समयका लागि फेसबुक बन्द भएको हो। विदेशी सञ्चारमाध्यमले अत्यधिक धेरै प्रयोगकर्ताले फेसबुक म्यासेन्जर लगइन गरेर म्यासेज पठाउन वा पाउन खोज्दा डाउन हुन पुगेको गुनासो गरिरहेको जनाएको छ।

फेसबुक प्रयोगकर्ताहरूले म्यासेन्जर च्याटमा भनिरहेका थिए, ’कुनैमा इन्टरनेट जडान छैन। इन्टरनेट कनेक्टिङ देखाइरहेको छ। म्यासेज पठाउन र प्राप्त गर्न असमर्थ छु।’ फेसबुकमा ब्राउजिङमा केही समस्या भइरहेको प्रतिक्रिया आइरहेका छन्। एक प्रयोगकर्ताले भनेका छन्,’अहिले फेसबुक म्यासेन्जर डाउन भएको छ। कृपया ठीक बनाउनुहोला। अहिले मलाई म्यासेन्जर आवश्यक छ।’

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू