अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:१९ | Colorodo: 12:34

बाइडेनका छोरा हन्टरमाथि कर छलीको आरोप

बिआरटीनेपाल २०७७ मंसिर २५ गते ६:५९ मा प्रकाशित

अमेरिकाका नवनिर्वाचित राष्ट्रपति जो बाइडेनका छोरा हन्टर बाइडेनमाथि कर छलीको आरोप लागेको छ । उनको यो अनुसन्धान अमेरिकाको डेलावेयर राज्यमा चलिरहेको छ ।हन्टर बाइडेनले भने आफु निर्दोष रहेको भन्दै आफूले यो विषयलाई निकै गम्भीरताका साथ लिइरहेको र कानुनी ढंगले सही निर्णय आउनेमा आफु विश्वस्त रहेको जनाउनु भएको छ ।

सन् २०२० को चुनाव अभियानमा हन्टर रिपब्लिकन पार्टीको निशानामा थिए ।यो वर्षको सुरुवातमा जब डोनल्ड ट्रम्पविरुद्ध महाभियोगको मुद्दा चलाइएको थियो तब पिता उप–राष्ट्रपति हुँदा हन्टर बाइडेन एक युक्रेनी ऊर्जा कम्पनीको बोर्डमा समावेश थिए भन्ने विषय पनि छानबिनको दायरामा आएको थियो ।

ट्रम्पले युक्रेनमाथि हन्टर बाइडेनको अनुसन्धानका लागि दबाब दिएको र यस्तो नगरे सैन्य मद्दत रोक्ने चेतावनी पनि दिएको आरोप लागेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू