अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:३२ | Colorodo: 08:47

घानाका राष्ट्रपति नाना अकुफोदो वन पुनः निर्वाचित

बिआरटीनेपाल २०७७ मंसिर २५ गते ६:५४ मा प्रकाशित

घानाका राष्ट्रपति नाना अकुफोदो वन पुनः निर्वाचित हुनुभएको छ । सत्तारुढ दलका नेता समेत रहेका वन ५१ प्रतिशत भन्दा बढी मत ल्याएर पुनः निर्वाचित हुनुभएको हो ।निर्वाचन आयोगले लामो समयदेखि जारी रहेको हिंसाका बीच भएको निर्वाचनमा वन विजयी भएको घोषणा गरेको हो ।

निर्वाचनका क्रममा भएका हिंसामा परेर पाँच जनाको मृत्युसमेत भएको छ । निर्वाचनका क्रममा चुनावी प्रतिष्पर्धामा रहेका दलका कार्यकर्ताबीच विभिन्न स्थानमा झडपसमेत भएको पर्यवेक्षकहरुले जनाएका छन् ।

नयाँ राष्ट्रपति निर्वाचित भएसँगै पश्चिमी अफ्रिकी मुलुक घानामा जारी हिंसा अन्त्य गरी शान्ति प्रक्रियामा आउन सहज हुने बताइएको छ । संयुक्त राष्ट्रसंघले नयाँ नेतृत्वले आम मानिसका अपेक्षा पूरा गर्न शान्ति प्रक्रियालाई अघि बढाउनुपर्ने जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू