अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:४२ | Colorodo: 13:57

नेपालमा आज १ हजार २ सय १७ जनामा कोरोना संक्रमण, १ हजार ६४ संक्रमणमुक्त, १२ जनाको मृत्यु

बिआरटीनेपाल २०७७ मंसिर २५ गते ६:३९ मा प्रकाशित

नेपालमा पछिल्लो २४ घण्टामा १ हजार २ सय १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज १ हजार २ सय १७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको जम्मा संख्या २ लाख ४५ हजार ६ सय ५० पुगेको छ ।

पछिल्लो २४ घण्टामा ७ हजार २ सय ३२ जनाको पीसीआर परीक्षण भएका छ । आज १ हजार ६४ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन् । नेपालमा हालसम्म संक्रमणमुक्त हुनेको संख्या २ लाख ३१ हजार ६ सय १ जना पुगेको छ ।

नेपालमा सक्रिय संक्रमितको संख्या १२ हजार ३ सय ८६ पुगेको छ । आज थप १२ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ६ सय ६३ पुगेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू