अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:४४ | Colorodo: 12:59

स्वागतयोग्य विज्ञापन नीति बनाउन सञ्चारमन्त्रीको निर्देशन

बिआरटीनेपाल २०७७ मंसिर २४ गते ६:५४ मा प्रकाशित

सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले सबै सञ्चारगृहका लागि स्वागतयोग्य विज्ञापन नीति बनाउन विज्ञापन बोर्डलाई निर्देशन दिनुभएको छ ।विज्ञापन बोर्ड कार्यालयको बुधबार उद्घाटन गर्दै उहाँले देशभरको विज्ञापनलाई कसरी एकीकृत र समानुपातिक गरी व्यवस्थापन गर्ने भन्ने विषयमा ध्यान दिएर नीति बनाउनुपर्नेमा जोड दिनुभयो ।

हाल विज्ञापन क्षेत्रमा देखिएका विकृतिलाई चिरफार गर्ने गरी नीति निर्माण अघि बढाउनुपर्ने उल्लेख गर्दै मन्त्री गुरुङले विज्ञापन सेवालाई बदलिँदो परिवेशअनुसार अघि बढाउन नयाँ सोचका साथ हुनुपर्ने आवश्यक्ता औँल्याउनुभयो ।सरकारका प्रवक्तासमेत रहनुभएका सञ्चारमन्त्री गुरुङले विज्ञापन बोर्ड ऐन २०७६ को सही तरिकाले कार्यान्वयन गर्नका लागि बोर्डको स्थापना गरिएको पनि स्पष्ट पार्नुभयो ।

कार्यक्रममा कसैले पनि प्रश्न उठाउन नसक्ने गरी कार्यविधि बनाउने प्रयास गर्ने बोर्डका कामुअध्यक्ष डिल्लीराम शर्माले प्रतिबद्धता जनाउनुभयो । यही मङ्सिर ११ गतेको मन्त्रिस्तरीय बैठकले नौ सदस्यीय बोर्डको गठन गरेको थियो । बोर्डको अध्यक्षमा डिल्लीराम शर्मा रहनुभएको छ भने सदस्यमा थानेश्वर गौतम, प्रेमकुमार श्रेष्ठ, महेन्द्र शेरचन, शुभशङ्कर कँडेल, बलराम थापा, चन्द्रप्रसाद न्यौपाने, बन्दना दनुवार र जानुका सुवेदी हुनुहुन्छ ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू