अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:५१ | Colorodo: 12:06

उद्योग वाणिज्य महासंघमा शुद्धीकरण अभियान थाल्ने अध्यक्ष गोल्छाको घोषणा, आर्थिक विवरण सार्वजनिक गरिने

बिआरटीनेपाल २०७७ मंसिर २४ गते ६:५४ मा प्रकाशित

नेपाल उद्योग वाणिज्य महासंघले शुद्धीकरण अभियान सुरु गर्ने भएको छ । महासंघको संस्थागत सुधारका लागि शुद्धीकरण अभियान सुरु गरिएको र सचिवालय सुधारबाट यसलाई अगाडि बढाइने अध्यक्ष शेखर गोल्छाले बताउनुभएको छ । अध्यक्ष गोल्छाका अनुसार महासंघको खर्च विवरण अब पारदर्शी बनाइ वेबसाइटमा राखिने व्यवस्था मिलाइनेछ । उहाँले महासंघभित्र आन्तरिक लेखापरीक्षणको काम सुरु भइसकेको जानकारी दिँदै यसलाई पारदर्शी बनाउन ६ महिनासम्म लाग्न सक्ने बताउनुभयो ।

महासंघका पदाधिकारीको बसेको रिट्रिट बैठकमा सचिवालय सुधारलाई प्राथमिकताका साथ अगाडि बढाउने निर्णय भएको थियो । जसअनुसार सचिवालय सुधारका लागि उद्योग वाणिज्य उपाध्यक्ष दिनेश श्रेष्ठलाई जिम्मेवारी दिइएको छ ।

श्रेष्ठले जिल्ला तथा नगर उद्योग वाणिज्य संघहरूको सल्लाह र सुझावमा सचिवालयको पुनर्संरचनासम्बन्धी कार्ययोजना महासंघ पदाधिकारीसमक्ष पेश गर्नुहुनेछ । महासंघभित्र सञ्चालित कृषि उद्यम केन्द्रलगायत विभिन्न परियोजनाको खर्च विवरण सार्वजनिक नहुँदा आरोप प्रत्यारोप नै चल्ने गरेको छ ।केन्द्रको खर्च विवरणका विषयमा मतभेद हुँदा तत्कालीन कोषाध्यक्ष ज्ञानेन्द्रलाल प्रधानले राजीनामा दिनुभएको थियो ।

अध्यक्ष गोल्छाले वरिष्ठ उपाध्यक्ष रहँदा नै आन्तरिक लेखापरीक्षण गरी त्यसलाई सार्वजनिक गर्ने तथा महासंघको आम्दानी र खर्च विवरण पारदर्शी बनाउने प्रतिबद्धता सार्वजनिक कार्यक्रमबाटै गर्दै आउनुभएको थियो ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू