अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:३३ | Colorodo: 23:48

गणतन्त्र–संघीयता विरोधीलाई लँगौटी लगाएर हिड्न डा. बाबुराम भट्टराईको सुझाव

बिआरटीनेपाल २०७७ मंसिर २४ गते ६:५० मा प्रकाशित

पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले गणतन्त्र, संघीयता र धर्मनिरपेक्षता विरोधीहरुलाई लँगौटी लगाएर हिड्न भन्नुभएको छ ।देशमा हाल भइरहेको गणतन्त्र, संघीयता र धर्मनिरपेक्षता विरोधी आन्दोलनमा सहभागि भएकाहरुलाई लक्षित गर्दै जनता समाजवादी पार्टी नेपालका नेता डा. भट्टराईले लँगौटी लगाएर हिड्न भन्नुभएको हो ।

गणतन्त्र, संघीयता, धरनिरपेक्षतालाई ‘विदेशी एजेन्डा’ भन्नेहरूलाई सुझाव भन्दै डा. भट्टराईले सामाजिक सञ्जाल ट्वीटरमा पाँच विषय सुझाउनुभएको छ ।जसमा विज्ञान, प्रविधि, विदेशी भाषा नपढ्न र गुरुकुल मात्र जान भनिएको छ । यसैगरी उहाँले अस्पताल नजान र धामीझाँक्री लगाउन भन्नुभएको छ ।

यस्तै, भट्टराईले गाडी नचढ्न, पैदल हिँड्न, विदेशी मेशिनले सिलाएका लुगा नलगाउन र लगौंटी मात्र लगाएर हिँड्न भन्नुभएको हो । पछिल्लो परिवर्तन उल्टाउन भन्दै सडकमा उत्रिएकाहरुसँग रुष्ट भट्टराईले फोन इन्टरनेट, टिभी प्रयोग नगर्न भदै अन्यथा बकवास बन्द गर्न भन्नुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू