अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:२२ | Colorodo: 05:37

‘जाऔँ है पोखरा अभियान’ शुरु

बिआरटीनेपाल २०७७ मंसिर २४ गते ६:३८ मा प्रकाशित

कास्की जिल्लामा ‘जाऔं है पोखरा अभियान’ शुरु भएको छ । सुस्ताएको पर्यटन चलायमान बनाउन होटल संघ पोखराले बुधबारदेखि चारदिने अभियान सुरु गरेको हो ।कोरोनाका कारण आन्तरिक पर्यटन प्रवद्र्धन गर्न मंसीर २४ देखि २७ सम्म भ्रमण कार्यक्रमको शुरुवात गरिएको संघका अध्यक्ष विकल तुलाचनले बताउनुभयो ।

जनकपुर, पर्सा, वीरगञ्ज, विराटनगर र चितवनलाई समेटिएको अभियान अन्तर्गत ती स्थानमा पत्रकार सम्मेलन, प्रदेशस्तरीय, स्थानीय सरकारी तथा गैरसरकारी र पर्यटन व्यवसायीलगायतका सरोकार पक्षसँग अन्तरक्रिया गरिने जनाइएको छ । पहिलो दिन वीरगञ्जमा स्थानीय सरकार, पत्रकार र पर्यटन व्यवसायीबीच अन्तक्रिया हुनेछ ।

संघले १८ वर्षदेखि शुरु गर्दै आएको अभियानले कोरोनाले सुस्ताएको पर्यटनलाई जगाउनु नै मुख्य उद्देश्य भएको आन्तरिक पर्यटन पुनरोत्थान समिति गण्डकीका सहसंयोजकसमेत रहनुभएका तुलाचनले बताउनुभयो । कार्यक्रममा होटल सञ्चालक, पर्यटन व्यवसायी, नेपाल पर्यटन बोर्डका प्रतिनिधि र पत्रकार सहभागिता रहनेछन् ।

प्रतिक्रिया