अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:२३ | Colorodo: 07:38

छात्रवृत्तिमा पढेका चिकित्सकहरुलाई ४ दिनभित्र अस्पतालमा हाजिर हुन सरकारको निर्देशन

बिआरटीनेपाल २०७७ मंसिर २४ गते ६:३८ मा प्रकाशित

सरकारी छात्रवृत्तिमा अध्ययन गरेका चिकित्सकहरुलाई चार दिनभित्र खटाएको अस्पतालमा हाजिर हुन सरकारले निर्देशन दिएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सूचना जारी गर्दै सरकारी छात्रवृत्तिमा पढेका चिकित्सकलाई खटाएको अस्पतालमा हाजिर हुन निर्देशन दिएको हो ।

चार दिनभित्र नजाने चिकित्सकलाई सरकारको तर्फबाट भएको लगानी असुलउपर गर्नेसमेत मन्त्रालयले जनाएको छ । मन्त्रालयले छात्रवृत्तिमा एम.डी, एम.एस र एम.डि.एस अध्ययन गरेका चिकित्सकलाई कबुलियतनामा बमोजिम खटाएको ठाउँमा जान निर्देशन दिएको हो ।

मन्त्रालयले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान – वीर अस्पताल काठमाडौँ, त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल – महाराजगञ्ज र विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान – धरानबाट अध्ययन गरेका चिकित्सकलाई कबुलियतनामा अनुसार खटाएको अस्पतालमा जान भनेको हो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू