अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:५६ | Colorodo: 17:11

नेपालमा १ हजार ५६ जनामा कोरोना संक्रमण पुष्टि, देशभर १२ हजार २ सय ४५ सक्रिय संक्रमित, १४ जनाको मृत्यु

बिआरटीनेपाल २०७७ मंसिर २४ गते ६:३७ मा प्रकाशित

नेपालमा पछिल्लो २४ घण्टामा ६ हजार २ सय ८६ जनाको कोरोना परीक्षण हुँदा १ हजार ५६ जनामा संक्रमण पुष्टि भएको छ । यस्तै सो अवधिमा १ हजार ४ सय ८३ जना संक्रमणमुक्त भएका छन् भने १४ जनाको मृत्यु समेत भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बितेको २४ घण्टामा ३ सय ८६ महिला र ६ सय ७० पुरुषसहित १ हजार ५६ जनामा संक्रमण पुष्टि भएको छ ।

यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ४४ हजार ४ सय ३३ पुगेको छ भने निको हुनेको संख्या २ लाख ३० हजार ५ सय ३७ पुगेको छ । यस्तै देशभर सक्रिय संक्रमितको संख्या १२ हजार २ सय ४५ जना रहेका छन् ।

स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म १ हजार ६ सय ५१ जनाको मृत्यु भएको छ । यस्तै हालसम्म देशभर कोरोना निको हुने दर ९४.३ प्रतिशत रहेको छ भने अब सक्रिय संक्रमित ५.०१ प्रतिशत मात्रै रहेका छन् । कुल संक्रमित मध्ये ०.८६ प्रतिशतको मृत्यु भएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू