अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:१४ | Colorodo: 14:29

नेपालमा पछिल्लो २४ घण्टामा १ हजार ३ सय ८२ जनामा कोरोना संक्रमण पुष्टि , १ हजार ६ सय २१ संक्रमणमुक्त, २३ जनाको मृत्यु

बिआरटीनेपाल २०७७ मंसिर २३ गते ५:५२ मा प्रकाशित

नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ३ सय ८२ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज थपिएका समेत गरी नेपालमा कोरोना संक्रमितको जम्मा संख्या २ लाख ४३ हजार ३ सय ७७ पुगेको छ । पछिल्लो २४ घण्टामा १ हजार ६ सय २१ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन् । योसँगै हालसम्म संक्रमणमुक्त हुनेको संख्या २ लाख २९ हजार ५४ पुगेको छ ।

आज देशभर १२ हजार ६ सय ८६ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन् । पछिल्लो २४ घण्टामा ८ हजार ९ सय ४७ पीसीआर परिक्षण भएको छ । पछिल्लो २४ घण्टामा थप २३ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ६ सय ३७ पुगेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू