अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:५३ | Colorodo: 09:08

अरुप्रति हेर्ने दृष्टिकोण बदल्न अमेरिकालाई चीनको सुझाव

बिआरटीनेपाल २०७७ मंसिर २२ गते २३:५९ मा प्रकाशित

चिनियाँ विदेशमन्त्री वाङ यीले चीन र अमेरिकाको व्यापार सम्बन्ध स्थिर र स्वच्छ प्रतिष्पर्धामा हुनुपर्ने बताउनुभएको छ । उहाँले समस्या समाधानका लागि अमेरिकासँग वार्ता गर्न आफ्नोे देश तयार रहेको पनि बताउनुभयो । विदेशमन्त्री यीले सम्बन्ध विस्तारका लागि सबै प्रकारका द्वन्द्व समाधान गर्न चीन तयार रहेको पनि स्पष्ट पार्नुभएको चिनियाँ सञ्चारमाध्यमहरुले जनाएका छन् ।

वेइजिङमा चीन अमेरिका व्यापार परिषदको प्रतिनिधिमण्डलसँगको बैठकमा विदेशमन्त्री यीले चीनले अमेरिकासँग साझा चासोको विषयमा सहमति गरेर अघि बढ्न चाहेको बताउनुभयो । दुई ठूला अर्थतन्त्र भएका मुलुकको सम्बन्धले विश्वको अर्थतन्त्र नै प्रभावित हुने भन्दै विदेशमन्त्री यीले समृद्धि र आर्थिक वृद्धिदरमा थप योगदान दिन सकिने बताउनुभएको हो ।

उहाँले संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदकको स्थायी सदस्यका रुपमा रहेका दुवै मुलुकले दीगो शान्ति र समृद्धिमा समान योगदान दिनुपर्नेसमेत बताउनुभयो । उहाँले अमेरिकाले अन्य देशहरुप्रतिको दृष्टिकोण स्पष्ट बनाए मात्र समस्या समाधान र सम्बन्ध सुधारमा सहयोग पुग्ने उहाँको भनाइ थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू