अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:०८ | Colorodo: 20:23

प्रिमियर लिगमा साउथह्याम्पटन विजयी, भीएआरको निर्णय फेरि विवादित

बिआरटीनेपाल २०७७ मंसिर २२ गते २३:३० मा प्रकाशित

इंग्लीश प्रिमियर लिग फुटबलमा साउथह्याम्पटनले ब्राइटनलाई २–१ ले हराएको छ । गएराति ब्राइटनको मैदानमा भएको खेलमा पास्कल ग्रसले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिए ।

तर यसपछि साउथह्याम्पटनका यानिक भेस्टेरगार्ड र ड्यानी इंग्सले एक–एक गोल गर्दै टोलीलाई विजयी गराए । घुँडाको चोटका कारण एक महिना मैदान बाहिर रहेका इंग्सले पुनरागमनको पहिलो खेलमै विवादास्पद पेनाल्टीमार्फत गोल गरेका हुन् ।

पेनाल्टी दिने भिजुएल असिस्टेन्ट रेफ्री (भिएआर) को निर्णय फेरि एक पटक विवादित बनेको छ । जितसँगै साउथह्याम्पटन ११ खेलबाट २० अंक जोड्दै प्रिमियर लिगको पाँचौ स्थानमा उक्लिएको छ ।

शिर्ष स्थानको टोटनह्याम हट्सपर र दोस्रो स्थानको लिभरपुलको समान २४ अंक रहेको छ । २२ अंकसहित चेल्सी तेस्रो स्थानमा रहँदा चौथो स्थानको लेष्टर सिटीको २१ अंक छ ।

प्रतिक्रिया