अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:१२ | Colorodo: 03:27

विश्वकप फुटबल २०२२ का लागि युरोपका राष्ट्रहरुको छनोट खेल तालिका सार्वजनिक

बिआरटीनेपाल २०७७ मंसिर २२ गते २३:२७ मा प्रकाशित

सन् २०२२ मा कतारमा हुने फिफा विश्वकप फुटबलको युरोपेली राष्ट्रहरुको छनोट खेल तालिका सार्वजनिक गरिएको छ । हिजो निकालिएको ‘ड्र’ अनुसार युरोपका ५५ राष्ट्रलाई १० समूहमा विभाजित गरिएको छ । समूह ‘ए’ मा पोर्चुगल, सर्बिया, गणतन्त्र आयरल्यान्ड, लक्जेमबर्ग र अजरबैजान छन् । समूह ‘बी’ मा सन् २०१० को विजेता स्पेन, स्विडेन, ग्रिस, जर्जिया र कोसोभो रहेका छन् । सन् २००६ को विजेता इटालीले समूह ‘सि’ मा स्वीटजरल्यान्ड, उत्तरी आयरल्यान्ड, बुल्गेरिया र लिथुआनियाको सामना गर्नेछ ।

साविक विजेता फ्रान्स रहेको समूह ‘डी’ मा युक्रेन, फिनल्यान्ड, बोस्निया एण्ड हर्जगोभिना र काजखस्तान रहेका छन् । यसैगरी समुह ‘ई’ मा बेल्जियम, वेल्स, चेक गणतन्त्र, बेलारुस र एस्टोनिया छन् । समूह ‘एफ’ मा डेनमार्क, अष्ट्रिया, स्कटल्यान्ड, इजरायल, फारो आइल्यान्ड र मल्दोभा छन् भने समुह ‘जी’ मा नेदरल्यान्डस, टर्की, नर्वे, मोन्टेनेग्रो, लात्भिया र जिब्रालटारले रहेका छन् ।

समुह ‘एच’मा साविक उपविजेता क्रोएसियाले स्लोभाकिया, रुस, स्लोभेनिया, साइप्रस र माल्टासँग प्रतिस्पर्धा गर्नेछ । समूह ‘आई’मा इंग्ल्यान्ड, पोल्यान्ड, हंगेरी, अल्बानिया, एन्डोरा र सान मारिनो छन् । समूह ‘जे’मा सन् २०१४ को विजेता जर्मनीसँगै रोमानिया, आइसल्यान्ड, उत्तरी मेसेडोनिया, अर्मेनिया र लिचेस्टाईनले प्रतिस्पर्धा गर्नेछत् ।

हरेक समूहको शीर्षस्थानमा रहने टोलीले सिधै विश्वकपमा स्थान पक्का गर्नेछन् । समूहको दोस्रो स्थानमा रहने टोलीले भने नेसन्स लिगका दुई टोली सम्मिलित अर्को छनोट चरणमा प्रतिस्पर्धा गर्नेछ । छनोटका खेल सन् २०२१ को मार्च महिनादेखि सुरु हुनेछ ।

प्रतिक्रिया