अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:०१ | Colorodo: 04:16

बब डेलनले आफ्ना गीतको स्वामित्व बेचे

बिआरटीनेपाल २०७७ मंसिर २२ गते २३:२० मा प्रकाशित

अमेरिकी गायक तथा गीतकार बब डेलनले आफूले लेखेका गीतको स्वामित्व युनिभर्सल म्युजिक ग्रुप (युएमजी) लाई बेचेका छन् । सन् २०१६ मा साहित्य तर्फको नोबेल पुस्कार पाएका डेलनले आफूले यसअघि लेखेका सम्पूर्ण गीतको अधिकार युएमजीलाई बेचेको रोलिङ्ग स्टोनले जनाएको छ ।

युएमजीका लागि यो इतिहासकै सबैभन्दा ठूलो लाभ हो । बब डेलनका गीतबाट भविष्यमा हुने आयको भागिदार युएमजी हुनेछ । डेलनका गीतको कपिराइट अब युएमजीको स्वामित्वमा गएको छ ।

विश्वभर चर्चित रहेका ७९ वर्षका डेलनका धेरै सर्वकालीन गीत छन् । युएमजीले उनका झण्डै ६०० गीतमा स्वामित्व कायम गरेको छ । डेलन विगत ६ दशक भन्दा लामो समयदेखि संगीत क्षेत्रमा सक्रिय छन् । सम्झौताका शर्तहरु सार्वजनिक गरिएको छैन । तर युएमजीलाई गीतको स्वामित्व बेचेर डेलनले दशौँ लाख डलर प्राप्त गरेको अनुमान छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू