अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:५४ | Colorodo: 13:09

वरिष्ठ गायक जगतमर्दन थापाको निधन

बिआरटीनेपाल २०७७ मंसिर २२ गते ६:४७ मा प्रकाशित

वरिष्ठ गायक जगतमर्दन थापाको ८५ वर्षको उमेरमा निधन भएको छ । थापाथलीमा रहेको नर्भिक अस्पतालमा उपचारका क्रममा सोमबार बिहान १० बजे उहाँको निधन भएको छोरा मोहितमर्दन थापाले जानकारी दिनुभयो । कोरोना संक्रमणपश्चात् लगभग एक महिनादेखि थापा अस्पतालमा उपचाररत् हुनुहुन्थ्यो । झन्डै डेढ हप्ताअघि कोरोनामुक्त भए पनि छातीमा समस्या देखिएपछि थापालाई भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो ।

संगीतलाई जीवनको अपरिहार्य तत्वका रुपमा लिएका थापाले ६४ वर्षका उमेरमा शास्त्रीय संगीतको ज्ञानलाई निरन्तरता दिई ७३ वर्षमा भारतको इलाहावाद संगीत विश्वविद्यालयबाट प्रथम श्रेणीमा ‘बी म्युज’ उत्तीर्ण गर्नुभएको थियो । नेपाली गीतसंगीतलाई मौलिकता झल्कने गरी अमर र अजर बनाउनुपर्छ भन्ने धारणा राख्ने थापा महामारीकालमा पनि ८५ औं जन्मोत्सवको अवसरमा छैटौं एल्बम सार्वजनिक गर्नलाई दौडधुपमा नै हुनुहुन्थ्यो ।थापाका एक छोरा र तीन छोरी छन् । थापाको आजै पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू