अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:२३ | Colorodo: 09:38

प्रधानमन्त्री ओलीद्धारा सर्वदलीय बैठक आब्हान, समसामयिक राजनीतिमाथि छलफल हुने

बिआरटीनेपाल २०७७ मंसिर २२ गते ६:१९ मा प्रकाशित

प्रधानमन्त्री केपी ओलीले सर्वदलीय बैठक आह्वान गर्नुभएको छ । प्रधानमन्त्री ओलीले भोलि (मंगलबार) विहान ११ बजेका लागि सर्वदलीय बैठक बोलाउनु भएको उहाँका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभएको छ । प्रधानमन्त्री ओलीले समसामयिक राष्ट्रिय राजनीतिका विषयमा छलफल गर्न संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलको बैठक बोलाउनुभएको हो ।

थापाले आफ्नो ट्वीटरमार्फत् प्रधानमन्त्री केपी शर्मा ओलीले समसामयिक राष्ट्रिय राजनीतिका विषयमा संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूको बैठक बालुवाटारमा आयोजना गर्नुभएको जानकारी दिनुभयो । यसअघि गत बैशाख ३१ मा प्रधानमन्त्रीले भारतले नेपाली भूमि मिचेर सडक बनाएपछि उब्जिएको परिस्थितिबारे छलफल गर्न संसदमा प्रतिनिधित्व गर्ने दलका प्रतिनिधिलाई बैठकका लागि बोलाउनुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू