अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:०९ | Colorodo: 09:24

नेपालमा थप १ हजार १४ जनामा कोरोना संक्रमण पुष्टि, १ हजार ६ सय २८ संक्रमणमुक्त, २० जनाको मृत्यु

बिआरटीनेपाल २०७७ मंसिर २२ गते ६:१८ मा प्रकाशित

नेपालमा पछिल्लो २४ घण्टामा १ हजार १४ जना कोरोना संक्रमित भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज थपिएका संक्रमित समेत गरी हालसम्म मुलुकमा कुल कोरोना संक्रमितको संख्या २ लाख ४१ हजार ९ सय ९५ पुगेको छ ।

पछिल्लो २४ घण्टामा ६ हजार २ सय २० जनाको पिसिआर परीक्षण भएको छ । यसैगरी, थप १ हजार ६ सय २८ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै संक्रमणमुक्त हुनेको संख्या २ लाख २७ हजार ४३३ पुगेको छ । यो कुल संक्रमणको ९४ प्रतिशत रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

आज थप २० जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १६१४ पुगेको छ । नेपालमा हाल सक्रिय संक्रमितको संख्या १२ हजार ९ सय ४८ पुगेको छ । यस्तै अहिले ५ सय २७ जना क्वारेन्टिन र १ सय २ सय ४८ आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू