अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:४१ | Colorodo: 10:56

विश्वभर ४ चार करोड ६५ लाख संक्रमणमुक्त, १५ लाख ४१ हजारको कोरोनाका कारण मृत्यु

बिआरटीनेपाल २०७७ मंसिर २२ गते ६:१७ मा प्रकाशित

विश्वभरमा ४ करोड ६५ लाखभन्दा बढी कोरोना भाइरसका बिरामी निको भएका छन् । हालसम्म ४ करोड ६५ लाख ६६ हजार ८ सय ३६ जना संक्रमित कोरोनामुक्त भएका हुन् । अहिलेसम्म विश्वमा ६ करोड ७३ लाख ६७ हजार ६ सय ३ जनामा कोरोना संक्रमण भएको छ । संक्रमितमध्ये १५ लाख ४१ हजार दुई सय ९३ जनाको मृत्यु भइसकेको छ । हाल विश्वमा एक करोड ९२ लाख ५९हजारभन्दा बढी सक्रिय संक्रमित छन् ।

कोरोना भाइरसबाट सबैभन्दा बढी प्रभावित राष्ट्र संयुक्त राज्य अमेरिकामा हालसम्म १ करोड ५१ लाखभन्दा बढी मानिस संक्रमित भइसकेका छन् । संक्रमितमध्ये ८८ लाख ५३ हजारभन्दा बढी निको भएका छन् भने २ लाख ८८ हजार ८ सय ८६ जना संक्रमितले ज्यान गुमाइसकेका छन् ।

भारतमा हालसम्म ९६ लाख ७६ हजारभन्दा बढी मानिस संक्रमित भएका छन् । संक्रमितमध्ये ९१ लाख ३८ हजारभन्दा बढी निको भएका छन् भने कोरोनाबाट ज्यान गुमाउनेको संख्या एक लाख ४० हजार पाँच सय ९० जना पुगेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू