अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:५५ | Colorodo: 08:10

अस्ट्रेलियासँगको टी–२० शृङ्खला भारतले जित्यो, दोस्रो खेलमा ६ विकेटले विजयी

बिआरटीनेपाल २०७७ मंसिर २१ गते ७:०४ मा प्रकाशित

अस्ट्रेलियासँगको टी–२० शृङ्खला भारतले जितेको छ । सिड्नीमा आइतबार भएको दोस्रो ६ विकेटले जितेसँगै तीन खेलको शृङ्खलामा भारत २–० ले अघि भएको हो । अस्ट्रेलियाले दिएको एक सय ९५ रनको लक्ष्य भारतले दुई बल बाँकी छँदै मात्र चार विकेट गुमाएर भेट्यायो । भारतको जितमा हार्दिक पाण्डेया नायक बने । उनले २२ बलमा अविजित ४२ रन बनाए ।

यस्तै शिखर धवनले ५२, विराट कोहलीले ४० र केएल राहुलले ३० रन बनाए । यसअघि पहिले ब्याटिङ गरेको अस्ट्रेलियाले पाँच विकेट गुमाएर एक सय ९४ रन बनाएको थियो । उसका म्याथु वाडेले ५८ र स्टिभ स्मिथले ४६ रन बनाए । तेस्रो खेल आउँदो मङ्गलबार हुनेछ । यी दुई देशबीच भएको एकदवसीय शृङ्खला भने अस्ट्रेलियाले जितेको छ ।

प्रतिक्रिया