अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:१६ | Colorodo: 09:31

राष्ट्रपति भण्डारीद्धारा दुई अध्यादेश स्वीकृत

बिआरटीनेपाल २०७७ मंसिर २१ गते ६:५९ मा प्रकाशित

राष्ट्रपति विद्यादेवी भण्डारीले दुईवटा अध्यादेश स्वीकृत गर्नुभएको छ । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति भण्डारीले आइतबार ‘यौन हिंसा विरुद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश, २०७७’ र ‘सामाजिक सुरक्षा (पहिलो संशोधन) अध्यादेश, २०७७’ स्वीकृत गर्नुभएको हो ।

संविधानको धारा ११४ को उपधारा (१) बमोजिम राष्ट्रपतिले अध्यादेश स्वीकृत गरेको राष्ट्रपति कार्यालयले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू