अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:२४ | Colorodo: 21:39

पेट्रोल–डिजलको आयात बन्द भए पनि समस्या हुँदैन, हामीसँग चाहिँदो बिजुली छ – उर्जामन्त्री पुन

बिआरटीनेपाल २०७७ मंसिर २१ गते ६:५८ मा प्रकाशित

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन अनन्तले सबै प्रकारका अप्ठ्यारोमा समेत ऊर्जा सङ्कट नआउने गरी सरकारले काम गरिरहेको बताउनुभएको छ । नाकाबन्दीका समयमा डिजलरपेट्रोलको आयात ठप्प हुँदा नेपालीले सास्ती व्यहोर्नुपरेको स्मरण गर्दै मन्त्री पुनले पर्याप्त विद्युत् उत्पादन र वितरण हुने भएकाले आउँदा दिनमा पेट्रोलियम पदार्थको आयात रोकिए पनि फरक नपर्ने उल्लेख गर्नुभयो ।

सरकारले ऊर्जा दशक (२०७५–२०८५) कार्यक्रम कार्यान्वयन गरिरहेको भन्दै उहाँले १० वर्षमा १५ हजार मेगावाट विद्युत् उत्पादन हुने बताउनुभयो । १० हजार मेगावाटले आन्तरिक माग धान्ने र बाँकी पाँच हजार मेगावाट क्षेत्रीय बजारमा बिक्री गर्ने मन्त्री पुनको भनाइ थियो । ‘सरकारले ऊर्जामा आत्मनिर्भरताका लागि नीति, कार्यक्रम र रणनीति बनाएरै काम गरिरहेको छ’, विकास निर्माणका क्रममा स्थानीयलाई परेको मर्काबारे ध्यानाकर्षण गराउन आएका धादिङका सांसद र स्थानीय जनप्रतिनिसँगको छलफलमा आइतबार मन्त्री पुनले भन्नुभयो, ‘विगतमा जस्तो डिजल, पेट्रोलको आयात नहुँदा देशै ठप्प हुने अवस्था अब धेरै समय रहँदैन ।’

मन्त्री पुनले वर्तमान सकार बनेपछि नेपालले भारत, चीन र बङ्गलादेशसँग विद्युत् व्यापार सम्झौता गरेको चर्चा गर्दै विद्युत् बढी हुँदा क्षेत्रीय बजारमा निर्यात र अपुग हुँदा आयात गरिने बताउनुभयो । ‘हामीले भारत, चीन र बङ्गलादेशसँग सम्झौता गरिसकेका छौँ’, उहाँले भन्नुभयो, ‘बढी हुने बित्तिकै बेच्न र आवश्यक पर्ने बित्तिकै ल्याउन सक्छौँ ।’

मन्त्री पुनले चालु आर्थिक वर्षमै थप एक हजार तीन सय मेगावाट विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा थपिएर कुल जडित क्षमता दुई हजार ६ सय मेगावाट हुने उल्लेख गर्नुभयो । विद्युत् उत्पादन र प्रसारणका आयोजना निर्माणका क्रममा कतिपय सर्वसाधारणले घर÷जग्गा गुमाउन परे पनि ती पूर्वाधारका कारण कहिल्यै कल्पना नगरिएको पहरोमा छिचोलेर सडक निर्माण भएको, बजार विस्तार भएको तथा रोजगारीको अवसर सिर्जना भएको विषयलाई बिर्सन बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू