अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:१९ | Colorodo: 11:34

पर्यटन क्षेत्रलाई मुुलुुकको आर्कषक गन्तव्य बनाउने गरी सूचना प्रविधिको विकास गर्ने मन्त्री गुरुङको प्रतिवद्धता

बिआरटीनेपाल २०७७ मंसिर २१ गते ६:५५ मा प्रकाशित

सञ्चार तथा सूूचना प्रविधिमन्त्री पार्वत गुरुङले पर्यटन क्षेत्रलाई मुुलुुकको आर्कषक गन्तव्य बनाउने गरी सूचना प्रविधिको विकास गर्ने प्रतिवद्धता व्यक्त गर्नु भएको छ । सरकारका प्रवक्ता समेत रहनु भएका मन्त्री गुरुङले नेपाललाई स्मार्ट पर्यटकीय गन्तव्यको रुपमा विकास गर्ने गरी सूचना प्रविधिको विकास गर्ने बताउनु भएको हो ।

पाकिस्तान स्थित विश्वको दोस्रो सर्वोच्च शिखर माउन्ट केटूू हिमाल आरोहण गर्न लागेका दोलखा बेदिङका हिम आरोहीहरु मिङ्मा ग्याल्जेन शेर्पा, दावा ग्याल्जेन शेर्पा र किली पेम्वा शेर्पालाई नेपालको राष्ट्रि«य झण्डाका साथ विदाई गर्न आज काठमाडौंमा आयोजित कार्यक्रममा उहाँले विश्वको सर्वोच्च शिखर सगरमाथा लगायतको आरोहण गरेर हिमाल आरोहीहरुले नेपाललाई विश्वमाझ चिनाउन महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको पनि स्मरण गराउनु भयो ।

नेपाललाई विश्वमाझ चिनाउन हिम आरोहीहरुले खेल्नु भएको भूमिका महत्वपूर्ण रहेको मन्त्री गुरुङले बताउनुभयो । अव नेपाललाई स्मार्ट पर्यटकीय गन्तव्यको रुपमा विकास गर्ने गरी सूचना प्रविधिको विकास गर्न लागि पर्ने पनि उहाँले बताउनुभयो । मन्त्री गुरुङले संघ, प्रदेश र स्थानीय सरकारबीचको सहकार्यलाई अझै जोड दिएर मुलुुकलाई सूचना प्रविधिमैंत्री बनाउन सकिने पनि स्पष्ट पार्नु भयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू