अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:५९ | Colorodo: 13:14

कोरोनाका कारण विदेशमा थप दुई नेपालीको मृत्यु

बिआरटीनेपाल २०७७ मंसिर २१ गते ६:५३ मा प्रकाशित

विश्वका विभिन्न २० मुलुकमा कोरोना भाइरसको संक्रमणबाट निधन हुने नेपालीको कुल संख्या ३ सय १ जना पुगेको छ । गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिका अनुसार यो साता थप २ जना नेपालीको विदेशमा निधन भएको हो ।

यो साता जर्मनीमा १ जना, र भारतमा १ जना नेपालीको कोरोना भाइरसका कारण मृत्यु भएको हो । कोरोना भाइरसका कारण जर्मनीमा रहेका नेपालीको निधन भएको यो पहिलो घट्ना हो ।स्वास्थ्य समितिका संयोजक डा सन्जीव सापकोटाका अनुसार यो साता जापान, साउदी अरब, युएई, पोर्चुगल र भारतमा रहेका थप नेपालीहरुमा कोरोना संक्रमण देखिएको छ ।

शनिबार साँझसम्म विदेशमा ४९ मुलुकमा ४८ हजार ६ सय ३९ जना गैरआवासीय संक्रमित भएका छन् । सोही अवधिमा ४४ हजार ६ सय ७१ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् । यो कुल संक्रमितको ९१ प्रतिशत रहेको हो ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू