अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:४७ | Colorodo: 17:02

चीन चन्द्रमामा झण्डा गाड्न सफल

बिआरटीनेपाल २०७७ मंसिर २१ गते ६:४८ मा प्रकाशित

अमेरिकी सफलताको ५० वर्षपछि चीनले पनि चन्द्रमामा आफ्नो झन्डा गाड्न सफल भएको छ । चीनको नेशनल स्पेस विभागले चन्द्रमाको सतहमा चिनियाँ झन्डा गाडिएको तस्बिर सार्वजनिक गरेको हो ।तस्बिर चीनको चाङइ ५ यानले खिचेको र जुन अहिले चन्द्रमाको ढुंगाको नमूना सहित पृथ्वीमा फर्कदैछ ।यसअघिका दुईवटा चिनियाँ अन्तरिक्ष मिसनमा झन्डा लगाउने प्रयास गरिएकोमा तिनीहरु सतहमा अडिन सकेका थिएनन् ।

सन् १९६९ को अपोलो ११ मिसनमा अमेरिका चन्द्रमामा झन्डा गाढ्ने विश्वकै पहिलो देश बनेको थियो ।त्यसपछि पनि अमेरिकाले विभिन्न मिसन अन्र्तगत १९७२ सम्म पाँचवटा झन्डा गाढेको थियो ।२०१२ मा नासाको स्याटलाइट तस्बिरले ती पाँचैवटा अमेरिकी झन्डा स्थिर रुपमा रहेको तस्बिर सार्वजानिक गरेको थियो ।

चीनको राष्ट्रिय संचारले यसबारे उल्लेख गर्दै चिनियाँ झन्डाले ५० वर्ष अगाडिको अपोलो मिसनका बेलाको उत्साह र प्रेरणाको झल्को दिएको बताएको छ । सो झन्डालाई चिसो, तातो सबै तापमानबाट सुरक्षित राख्न विभिन्न आधुनिक फिचरयुक्त सुरक्षा दिइएको बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू