अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:५९ | Colorodo: 12:14

कोरोना खोप अरू देशका नागरिकले ‘प्रयोग गर्ने अवस्थामा नेपालीले पनि पाउँछन्, ढुक्क हुनुस्’– स्वास्थ्य मन्त्रालय

बिआरटीनेपाल २०७७ मंसिर २१ गते ६:४५ मा प्रकाशित

सरकारले कोरोना भाइरसविरुद्धको खोप अरु देशका नागरिकले प्रयोग गर्ने अवस्थामा नेपालका नागरिकले पनि प्रयोग गर्न पाउनेमा ढुक्क हुन आग्रह गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा भएको पत्रकार सम्मेलनमा प्रवक्ता डाक्टर जागेश्वर गौतमले अहिलेसम्म पूर्ण भरपर्दो खोप आविष्कार भइनसकेको र भरपर्दो खोप अरु देशका नागरिकले प्रयोग गर्ने अवस्थामा नेपालका नागरिकले पनि प्रयोग गर्न पाउने कुरालाई सरकारले सुनिश्चितता गरेको जानकारी दिनुभयो । यसका लागि विभिन्न उपसमिति नै गठन गरेर काम भइरहेको प्रवक्ता गौतमले बताउनुभयो ।

अहिलेसम्म शतप्रतिशत नतिजा दिने खोप पत्ता लागिनसकेकोले सरकारले जारी गरेका मापदण्डको पूर्ण पालना गर्नु नै जोखिम कम गर्ने उत्तम उपाय भएको प्रवक्ता गौतमको भनाइ छ । यस्तै कोरोनाको उपचार गरेको दोहोरो शुल्क लिने अस्पतालको अनुगमन हुने भएको छ । कोरोना उपचारको लागि सूचीकृत अस्पतालले बिरामीबाट र स्वास्थ्य मन्त्रालयबाट पनि शुल्क लिइरहेको गुनासो आएको भन्दै आइतबार बिहान भएको इन्सिडेन्ट कमाण्ड सिस्टमको बैठकले अनुगमन गरेर दोषी पाइए कारबाही गर्ने निर्णय गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू