अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:२४ | Colorodo: 15:39

नेपालमा २ लाख ४० हजार ९८१ जनामा कोरोना संक्रमण , १ हजार ५ सय ९४ जनाको निधन, २ लाख २५ हजार ८ सय ५ डिस्चार्ज

बिआरटीनेपाल २०७७ मंसिर २१ गते ६:४२ मा प्रकाशित

नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ९६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यससँगै नेपालमा हालसम्म कोरोना संक्रमितको कुल संख्या २ लाख ४० हजार ९८१ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा इलाममा ११, उदयपुरमा १, ओखलढुंगामा १, झापामा ३८, ताप्लेजुङमा २, तेह्रथुममा १, धनकुटामा ३, भोजपुरमा २, मोरङमा ५६ जनामा संक्रमण देखिएको छ ।

यसैगरी, सुनसरीमा २०, सोलुखुम्बुमा २, धनुषामा ७, पर्सामा २, बारामा २, महोत्तरीमा ३, रौतहटमा २, सप्तरीमा ५, सर्लाहीमा ३, सिरहामा ५, काठमाडौँमा ३५१, काभ्रेमा १४, चितवनमा २३, धादिङमा ६, नुवाकोटमा २, भक्तपुरमा ५९, मकवानपुरमा ४, रसुवामा १, रामेछापमा ३ र ललितपुरमा ७४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
(
यस्तै सिन्धुपाल्चोकमा ७, सिन्धुलीमा १९, कास्कीमा ८७, गोरखामा १२, तनहुँमा १३, नवलपरासीपूर्वमा १९, पर्वतमा १, मुस्ताङमा २, म्याग्दीमा ५, लमजुङमा १०, बागलुङमा १०, स्याङ्जामा ७, अर्घाखाँचीमा २, कपिलवस्तुमा १, गुल्मीमा ४, दाङमा २५, नवलपरासीमा २, पाल्पामा १३, बर्दियामा २१, बाँकेमा २९, रुकुमपुर्वमा २, रुपन्देहीमा ३५, रोल्पामा ३, रुकुमपश्चिममा १, सल्यानमा १, अछाममा ३४, कञ्चनपुरमा १, कैलालीमा ५, डडेल्धुरामा १, डोटीमा ३, दार्चुलामा १, बझाङमा ११ र बैतडीमा ६ जना कोरोना संक्रमित थपिएका छन्।

यस्तै पछिल्लो २४ घण्टामा थप १७ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यससँगै देशभर कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या १ हजार ५ सय ९४ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार आइतबार १ हजार ७ सय ५२ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। यससँगै हालसम्म डिस्चार्ज हुनेको संख्या २ लाख २५ हजार ८०५ पुगेको छ ।

गत २४ घन्टामा ६ हजार ४ सय ९५ पीसीआर परीक्षण गरिएको छ। हाल देशभर १३ हजार ५ सय ८२ जना सक्रिय संक्रमित छन् भने ५ सय ३६ जना क्वारेन्टिनमा छन्। हाल देशभर ३१३ जना संक्रमितको आईसीयु र ५५ जना संक्रमितको भेन्टिलेटरमा उपचार भरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू